काभ्रेपलाञ्चोक आलु सुपरजोनका लागि योग्य
बनेपा, मंसिर २३ – प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाअन्तर्गत काभ्रेपलाञ्चोकको तीन नगरपालिका र चार गाविस आलु सुपरजोन कार्यक्रमका लागि योग्य देखिएका छन् । जिल्लाको बनेपा, पनौती, पाँचखाल नगरपालिका तथा कुशादेवी र उग्रचण्डीनाला गाविसमा आलु सुपरजोन कार्यक्रम लागू हुने भएको कृषि अधिकृत कृष्ण धितालले जानकारी दिनुभयो । आलु सुपरजोन कार्यक्रम लागू भएपछि त्यसको औद्योगिकीकरण, अनुसन्धान, जैविक मलको […]