लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

काठमाण्डौ । कञ्चनपुर भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेको छैन । कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यभन्दा रु ६ करोड ५५ लाख कम राजस्व सङ्कलन गरेको छ ।

कार्यालयलले गत आवमा रु ५२ करोड ७७ लाख राजस्व सङ्कलनको लक्ष्य राखेपनि रु ४६ करोड २२ लाख सङ्कलन भएको छ । कार्यालयले मूल्य अभिवृद्धि करतर्फ सो अवधिमा रु १६ करोड ३३ लाख सङ्कलन गर्ने लक्ष्य लिएकामा रु १८ करोड ६३ लाख सङ्कलन भएको भन्सार कार्यालयका प्रमुख धु्रवराज विश्वकर्माले जानकारी दिए। यस्तै अन्तःशुल्कबापत् रु एक करोड २७ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ९२ लाख ८५ हजार राजस्व सङ्कलन भएको छ ।

यसैगरी आर्थिक वर्ष २०७७/७८ मा रु ३५ करोड ६७ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु ३७ करोड ३९ लाख सङ्कलन भएको विश्वकर्माले बताए। यस्तै कार्यालयले आव २०७६/७७ मा रु ४८ करोड ६८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु २६ करोड २८ लाख मात्र सङ्कलन गरेको थियो । कोरोना सङ्क्रमणका लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको उहाँले बताए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका