सोलुखुम्बु । नेपाली काँग्रेसको जारी अधिबेशनमा सोलुखुम्बुको जिल्लाको माप्य दुधकोशी गाउँपालिकामा काँग्रेस युवा नेता मिन बहादुर कार्कीले सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् ।
कार्कीले गाउँपालिका सभापति उम्मेदवारी आफ्नो सामाजिक सञ्जाल फेसबुमार्फत घोषणा गरेका हुन् ।
लामो समय नेपालि कांग्रेसको लागि अग्रपंतिमा रहेर काम गरेको भन्दै कार्कीले आफुसँग गाउँपालिकाको नेतृत्व गर्ने स्पष्ट दृष्टिकोण र कार्ययोजना रहेका बताए । समाज सेवामा समेत संलग्न कार्कीले गाउँपालिका सभापतिमा आफुले जितेको खण्डमा संगठन निर्माणमा लागि पर्ने र आगामि निर्वाचनमा ७ वटै वडा र गाउँपालिका अध्यक्ष र उपा–अध्यक्षमा नेपालि कांग्रेसलाई जिताएरै छाड्ने बताए ।