गाउँले न्यूज, ७ असार, काठमाडौं । सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीलाई काठमाण्डौमा बस्नको लागि स्थाई सरकारी आवास पाउने भएका छन । प्रदेश प्रमुख र मुख्यमन्त्री स्थाई रुपमा प्रदेशमै बस्ने भएपनी कामविशेषले वेलावेलामा संघीय राजधानी आउनु पर्ने भएकोले काठमाडौंमा पनि सरकारी आवासको ब्यबस्थ गरिएको हो ।
सहरी विकास तथा भवन निर्माण विभागले सबैलाई एक–एक भवन दिने गरी सवा अर्ब लागतमा १४ वटा भवन निर्माण गर्न लागेको जनाएको छ ।
ललितपुरको सैंबु आवास क्षेत्रमा तीन वर्षभित्र प्रदेशका भिआइपीहरूका लागि कोलोनी नै तयार हुने विभागले जनाएको छ । आज नयाँ पत्रिकामा खबर छापिएको छ ।
https://gaulenews.com/?p=46859
https://gaulenews.com/?p=46795