गाउँले न्यूज, २३ वैशाख, काठमाडौं । नयाँ शक्ति र संघीय समाजवादी फोरम बीच लगतै नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी गरेका छन् ।
आज औपचारिक रुपमा दुई दल मिलेर समाजवादी पार्टी नेपाल बनेको घोषणा गरिएको छ ।
सभामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौ बुदे सहमतिमा हस्तक्षर गरेका छन् । संघीयता, सुशासन, समृद्धि र समाजवादाई आधार तत्व मानी अझ वृहत राजनीतिक ध्रुविकरण अत्यावश्यक छ’ सहमति पत्रमा भनिएको छ ।
समाजवादी पार्टीले उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको सुझावनुसार संविधान संशोधन गरेर १०+१ प्रदेश बनाउनुपर्ने बताएको छ ।