गाउँले न्यूज, ११ बैशाख, सोलुखुम्बु । फुटबल खेल विकास र विस्तारका लागि सोलुखुम्बु जिल्लामा सोलुखुम्बु फुटबल संघ तदर्थ समिति गठन गरिएको छ । जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको मंगलबार बसेको बैठकले डि.बि. रानापालको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरेको हो ।
जिल्ला फुटबल तदर्थ समितिलाई राष्ट्रिय फुटबल संघमा आबद्ध गराउने र एक महिनाभित्र एन फा सँग सहकार्यामा फुट्बल रेफिको ट्रेनिङ गराउने तदर्थ समितिका अध्य्क्ष डि बि राणापाल बताए । अध्य्क्ष राणापालका अनुसार तदर्थ समितिको उपाध्यक्षमा नाम्गेल शेर्पा, सचिबमा बिरु उदास श्रेष्ठ, उपसचिवमा मिना राई, र कोषाध्यक्षमा आङ छोलिङ शेर्पा रहेकाछन् ।
समितिको बैठकले ९ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । समितिमा महेश किराती, डुफकुमार बास्तोला, हर्कबहादुर राई, भोजराज कार्की, कल्पना राई, असिम राई, वीरबहादुर राई, ङिम दोर्जी शेर्पा र बुद्धिकिरण राई रहेका छन् ।