Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चीनसँग भएको सम्झौता कार्यान्वयन गर्न ढिलाई भएकोमा उपराष्ट्रपति पुन चिन्तित – Gaule Khabar

चीनसँग भएको सम्झौता कार्यान्वयन गर्न ढिलाई भएकोमा उपराष्ट्रपति पुन चिन्तित

चीनसँग भएको सम्झौता कार्यान्वयन गर्न ढिलाई भएकोमा उपराष्ट्रपति पुन चिन्तित

काठमाडौं,फागुन ६ –

उपराष्ट्रपति नन्दबहादुर पुनले चीनसँग भएको सम्झौता कार्यान्वयन गर्न ढिलाई भएकोमा चिन्ता व्यक्त गरेका छन्। नेपाल विश्व सम्बन्ध परिषद्को ६९औं वार्षिक उत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दैै उनले छिमेकी मुलुकसँगका सम्झौताहरु छिटोभन्दा छिटो कार्यान्वयन हुनुपर्नेमा जोड दिए। मुलुकमा सरकार परिवर्तन भए पनि परराष्ट्र नीति फेरिन नहुनेमा उनको जोड छ। साथै उनले राष्ट्रिय नीतिमा एकरुपता नल्याई कुटनीतिक सफलता हासिल गर्न नसकिने बताए। जनताको स्वार्थअनुकुल परराष्ट्र नीति बनाउन नसक्दा छिमेकी मुलुकहरुसँगको सम्बन्धमा चिसोपना आउने गरेको उनको भनाइ छ। कार्यक्रममा परराष्ट्रविद्हरुले राष्ट्रिय स्वार्थ अनुकुल परराष्ट्र नीति बनाउनुपर्ने आवश्यक्ता औल्याए। परिषद्ले नेपालको परराष्ट्र नीति समय अनुकूल परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिँदै आएकाे छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका