Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एउटा अचम्मको शहर जहाँ मान्छे मर्न मनाही छ,बर्षको चार महिना त त्यहाँ सूर्य नै उदाउँदैन – Gaule Khabar

एउटा अचम्मको शहर जहाँ मान्छे मर्न मनाही छ,बर्षको चार महिना त त्यहाँ सूर्य नै उदाउँदैन

एउटा अचम्मको  शहर जहाँ मान्छे मर्न मनाही छ,बर्षको चार महिना त त्यहाँ सूर्य नै उदाउँदैन

एजेन्सी , फागुन १ –

समाचारको शिर्षक सुन्दा तपाईं निकै अचम्ममा पर्नुभयो होला । कारण मान्छेको मृत्युलाई पनि कसैले वशमा लिन सक्छ र ? तर यो समाचार साँचो हो । र कुरा हो युरोपियन देश नर्वेको । नर्वेमा एउटा यस्तो सहर छ, जहाँ मान्छे मर्न प्रतिबन्ध नै लगाईएको छ ।

झण्डै दुई हजार जनसंख्या रहेको यो सहरमा सधैं हिउँ जमेको हुन्छ र यो शहरमा यातायातका लागि केवल स्नो स्कुटरको मात्रै प्रयोग गरिन्छ । अझ बर्षको चार महिना त त्यहाँ सूर्य नै उदाउँदैन । अर्थात् २४ सै घण्टा अन्धकार रहन्छ ।

यो शहरमा रहेको एउटा चिहानस्थलमा पनि ७० वर्षदेखि कुनै शव गाडिएको छैन । यहाँ निकै चिसो हुनाले बर्षौसम्म पनि गाडीएका शवहरु जस्तचाको त्यस्तै रहन्छन् ।

केहीबर्ष पहिले वैज्ञानिकहरुले त्यहाँका चिहानबाट निकालिएको एक शवको नमूनाको परीक्षण गर्दा त्यसमा अझैपनि इन्फ्लुएन्जा भाइरस रहेको पत्ता लगाएका थिए थिए र मरेको धेरै वर्षपछिको शवमा समेत भाइरस पाइएपछि यो शहरमा मृत्यु विरोधी नीति लागू गरिएको हो ।

अहिले पनि यो शहरमा मानिसहरुलाई त्यहाँ मर्न र अन्त्येष्टि गर्न प्रतिबन्ध लगाइएको छ । कुनैपनि बासिन्दा गम्भीर बिरामी भयो र मृत्युको नजिक पुगेमा तत्कालै अन्यत्रैको शहरमा लगिन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका