Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अवैध सम्बन्ध लुकाउन प्रहरी हवल्दारद्वारा परस्त्रीको हत्या – Gaule Khabar

अवैध सम्बन्ध लुकाउन प्रहरी हवल्दारद्वारा परस्त्रीको हत्या

अवैध सम्बन्ध लुकाउन प्रहरी हवल्दारद्वारा परस्त्रीको हत्या

जाजरकोट,माघ २७-

जिल्लामा प्रहरीबाटै एक महिलाको हत्या भएको रहस्य खुलेको छ । भेरी मालिका–४ बोहराकी २८ वर्षीया राधिका सुनारको हत्या भएको पाँच दिनपछि हत्यामा प्रहरी हवल्दार कमल सुनार संलग्न रहेको रहस्य खुलेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट राधिकाको हत्या गत शनिबार भएको थियो ।

आइतबार बिहान राधिकाको शव भेटिनसाथ प्रहरीले हत्याराको खोजी सुरु गरेको थियो । सुरुमा राधिकाका पति दलबहादुरलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो । राधिकाले प्रयोग गर्ने मोबाइलको कल डिटेलबाट हत्यामा हवल्दार कमल संलग्न रहेको पुष्टि भएको प्रहरीको भनाइ छ । अभियुक्त कमललाई बुधबार नै म्याद थप गरी ज्यान मुद्दा चलाउने तयारी गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

‘अनुसन्धानबाट हत्यामा उसको संलग्नता खुलेको छ, अब कारबाहीको प्रक्रिया सुरु गरिसकियो,’ प्रनाउ रिमालले भने । राधिकाको हत्यामा कमलको संलग्नता पुष्टि भएपछि बुधबार नै प्रहरी नियन्त्रणमा रहेका राधिकाका पति दलबहादुरलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।
राधिकाका परिवारका आफन्तले निर्दोष दलबहादुरलाई प्रहरीले दुःख दिएको भन्दै आपत्ति जनाएका छन् । हत्यारालाई हदैसम्मको कारबाही गर्नुपर्ने र दलबहादुरलाई क्षतिपूर्ति र बालबच्चाको गाँसबास सुनिश्चित गर्नुपर्ने माग गर्दै महिलाहरूले बुधबार जिल्ला प्रहरी कार्यालयमा घेराउ गरेका छन् ।

हत्यामा संलग्न प्रहरी हवल्दार कमल जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँट कार्यरत थिए । उनले के कारणले राधिकाको हत्या गरेका हुन्, सोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूबीच अवैध सम्बन्ध रहेकाले कमलले राधिकाको हत्या गरेको आशंका गरिएको छ । राजधानी दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका