Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संविधान कार्यान्वयन भएमात्रै सुशील कोइरालाप्रति सच्चा श्रद्धाञ्जलीः घिमिरे – Gaule Khabar

संविधान कार्यान्वयन भएमात्रै सुशील कोइरालाप्रति सच्चा श्रद्धाञ्जलीः घिमिरे

संविधान कार्यान्वयन भएमात्रै सुशील कोइरालाप्रति सच्चा श्रद्धाञ्जलीः घिमिरे

चितवन, माघ २६–

व्यवस्थापिका सँसद सदस्य रामकृष्ण घिमिरेले निर्वाचन गरेर सँविधान कार्यान्वयन भए मात्रै पूर्व प्रधानमन्त्री एबंम् नेपाली काँग्रेसका तत्कालिन सभापति स्वर्गिय सुशील कोईरालाको सम्मान हुने बताउनु भएको छ । उहाँले सँविधान सँशोधनसँगै कार्यान्वयनका लागी शिर्ष नेतृत्व तह एक हुनु पर्ने भन्दै देशमा देखिएको समस्या समाधान गदै अघि बढ््नु पर्नेमा जोड दिनु भयो । सविधान जारी गर्ने समयमा कोईरालाले गरेको योगदानको मूल्याँकन हुन नसकेको भन्दै उहाँले त्यसतर्फ केन्द्रित हुने समय आएको बताउनु भयो ।
नेपाल विद्यार्थी सँघ चितवनले मानवसेवा आश्रममा आयोजना गरेको कार्यक्रममा सँसद सदस्य घिमिरेले यस्तो बताउनु भएको हो । स्वगिर्य सुशील कोइरालाको प्रथम स्मृति दिवसका अवसरमा आज आश्रम रहेका बृद्धाबृद्ध अपाङ्ग असहाय गरि ५१ जनालाइ एक छाक खाना खुवाइएको हो । नेपाल विद्यार्थी सँघ चितवनका सभापति सृर्य ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँगे्रस चितवनका उपसभापति कैलाश कोइराला, मैयादेवि कन्या कलेजकी नेविसघँ सभापति विनिता चापागाईलगायतले बोल्नु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका