Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मोरङमा धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या – Gaule Khabar

मोरङमा धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या

मोरङमा धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या

मोरङ, माघ २६-

मोरङको सिजुवामा आज दिउँसो एक व्यक्तिले धारिलो हतियार प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

दिउँसो १२ः३० बजेतिर सिजुवा– ६ स्थित मुसहर बस्तीका २६ वर्षीय उदय सुतिहारले मादक पदार्थ सेवन गरेर २५ वर्षीया शान्ता सुतियारमाथि बसिला प्रहार गरेका थिए । हतियार प्रहारबाट गम्भीर घाइते सुतियारको रङ्गेली अस्पतालमा उपचारका क्रममा दिउँसो २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक केशवकुमार कटुवालले जानकारी दिनुभयो । घटनालगत्तै श्रीमान्ले पनि विषादी सेवन गरेका थिए । उनको अहिले कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका