Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संविधान संशोधन प्रस्ताव पारित नभईकन कुनैपनि चुनाव हुन सक्दैन् : महन्थ ठाकुर – Gaule Khabar

संविधान संशोधन प्रस्ताव पारित नभईकन कुनैपनि चुनाव हुन सक्दैन् : महन्थ ठाकुर

संविधान संशोधन प्रस्ताव पारित नभईकन कुनैपनि चुनाव हुन सक्दैन् : महन्थ ठाकुर

काठमाडौं, माघ २३ –

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेता महन्थ ठाकुरले संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव पारित नभएसम्म मुलुकमा कुनैपनि चुनाव हुन नसक्ने स्पष्ट पारेका छन्।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता ठाकुरले भने,‘संविधान संशोधन प्रस्ताव पारित नभएसम्म चुनाव हुँदैन्, पहिला संशोधन प्रस्ताव पारित गर्नुपर्छ, संशोधन प्रस्तावमा छलफल गरेर यदि पारित भए पनि नभएपनि चुनावमा मोर्चा जान्छ भनेर कसैले सोचेको छ भने त्यो सपना दिवा सपना हो।’ उनले काँग्रेस–माओवादी केन्द्रको गठबन्धनले प्रस्ताव पारित गराउनै पर्ने जिकिर गरे।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा ठाकुरले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि अरुलेजस्तै आफूहरुपनि सँगै लड्दै आएको उल्लेख गर्दै भने,‘हामी चुनावको विरोधी होईनौं, तर समस्याको समाधान नगरी गरिने कुनैपनि चुनावले देशलाई निकास दिँदैन्, त्यसैले पहिला समस्याको समाधान गर्नुपर्छ।’

तमलोपाका अध्यक्ष समेत रहेका नेता ठाकुरले संविधान संशोधन नगरी गरिने कुनैपनि चुनावमा मधेशी मोर्चाले भाग नलिने बताउँदै भने,‘यदि यो सरकारले बलपुर्वक, लाठी र बन्दुक चलाएर चुनाव गर्न खोजे जटिल अवस्था उत्पन्न हुन्छ।’

ठाकुरले राज्यले जनताका जायज माँगहरुलाई हिंसाद्धारा दबाउँदै आईरहेको आरोप लगाए। उनले भने,‘राजनीतिक समस्याको समाधान राजनीतिक रुपमै हल गर्नुपर्छ, संवैधानिक समस्याको समाधानपनि संवैधानिक रुपमै गर्नुपर्छ, अहिलेको समस्या पनि राजनीतिक हो, त्यसैले यसको समाधान राजनैतिक रुपमै हुनुपर्छ।’

हालै सरकारले सिके राउतलाई गरेको गिरफ्तारीको बारेमा तपाईको भनाई के छ भनेर पत्रकारले गरेको एक प्रश्नमा उनले भने,‘गिरफ्तारी र हत्या गरेर समस्या समाधान हुँदैन्।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारपनि संविधान संशोधनमा उदासिन देखिएको आरोप लगाउँदै भने,‘यो सरकारलेपनि आन्तरिक रुपमा फेरि धोका दिने हो कि भन्ने आशंका पैदा भएको छ, झुक्याउने हो कि, ढाँट्ने हो कि भन्ने लागेको छ।’

ठाकुरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त सुरुदेखि नै संविधान संशोधनको विरोध गरिरहेको आरोप लगाए। उनले थपे,‘एमालेले त संशोधनको पहिलेदेखि नै विरोध गरिरहेको छ नि, अहिले पनि संशोधन प्रस्ताव टेबुल गर्न नदिएर संसद नै बन्धक बनाएको हो नि।’

उनले स्थानीय तह पूर्नसंरचना आयोगले अघि सारेको प्रतिवेदन कुनै हालतमा पनि मान्य नभएको टिप्पणी गर्दै भने,‘स्थानीय तहको पूर्नसंरचना नै जनताको माग होईन, मन्त्रिपरिषदले गाविसलाई नगरपालिका बनाउने काम त गरिरहेको छ नि।’

उनले भने,‘पूर्नसंरचना भनेको नै दुई वटा तहको हुन्छ, केन्द्र, र प्रदेश हुन्छ प्रदेशको माताहतमा स्थानीय तह हुन्छ, अहिले प्रदेशको नै टुँगो लागेको छैन्, पहिला प्रदेशको सिमा र संख्या टुँगो लगाउनुपर्छ, अनि त्यसपछिमात्रै स्थानीयको कुरा आउँछ।’

ठाकुरले अहिलेको पूर्नसंरचनाको प्रतिवेदन जनसंख्या र भुगोलपनि नमिलेको र जनतालाई सेवा र सुविधा पनि नजिक पुर्याउन नसकिने खालको रहेको टिप्पणी गरे। उनले भने,‘पर्सादेखि सप्तरीसम्मको पूर्नसंरचना गर्दा जनता र त्यहाँका पार्टीहरुसँग छलफल नै गरिएन, काठमाडौंमा बसेर गरियो, बाँकी १२ जिल्लामा पनि आफूखुशी नै प्रतिवेदन तयार पारियो।’

उनले स्थानीय तहको पूर्नसंरचनालाई लिएर सत्तारुढ दलभित्रैपनि विवाद रहेको जिकिर गरे। ठाकुरले भने,‘सरकारमै विवाद देखियो, कोहीले पूरानै अनुसार जाउँ भन्छ, कोहीले नयाँ अनुसार भन्छन्।’ उनले यो प्रतिवेदनले जनतालाई आपसमा लडाउने काम गरेको समेत आरोप लगाए।

उनले आफूहरुले उठाएका माग सम्बोधन भए चुनावमा जानको लागि विचार गर्ने विश्वास व्यक्त गरे।प्रधानमन्त्री प्रचण्ड असफल भए भनेर चर्चा सुरु भएको छ, यसबारेमा तपाईको भनाई के छ भनेर पत्रकारले सोधेको प्रश्नमा अध्यक्ष ठाकुरले भने,‘त्यो कुरा शेरबहादुर देउवाजीलाई सोध्नुहोस्, हामीलाई होईन्।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका