Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
निर्वाचन हुनेमा आशंकाः अध्यक्ष थापा – Gaule Khabar

निर्वाचन हुनेमा आशंकाः अध्यक्ष थापा

निर्वाचन हुनेमा आशंकाः अध्यक्ष थापा

अशोक सुजन श्रेष्ठ,
हेटौंडा, माघ २१–

राप्रपाका अध्यक्ष कमल थापाले निर्वाचन हुने भन्दा पनि आशंका बढाएको बताउनुभएको छ । स्थानीय निर्वाचन गर्न भएको सरकारी तयारी सकारात्मक भएपनि अपुरो र बिरोधाभासपूर्ण रहेको उहाँको दाबी छ । आज हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्वाचन मिति घोषणा नगरि गरिएको पत्राचार अपुरो रहेको जिकिर गर्नुभयो ।
सरकारले के को चुनाव भनेर समेत प्रष्ट नखुलाएको बताउँदै उहाँले स्थानीय तहको निर्वाचन भन्न नसक्नु बिडम्बनापूर्ण रहेको तर्क गर्नुभयो । मधेश केन्द्रित दलको जायज माग सम्बोधन नगरेकोमा चिन्ता व्यक्त गर्दै सरकारले निर्थरक वार्ता मात्र गरेको उहाँको भनाई छ । उहाँले मधेशको माग जहाँको त्यही रहेकाले चुनावको अनुकुल वातावरण बन्न नसकेको बताउँनुभयो ।
उहाँका अनुसार पुष्पकमल दाहाल प्रचण्ड सरकारको छ महिनामा संविधान कार्यान्वयनमा ठोस काम नभएको छैन । सरकारले चुनावको मिति तोक्न र सुनिश्चित गर्न नसकेको भन्दै उहाँले भन्नुभयो,–‘सरकारले निरन्तरताको पुष्टी गर्न सकेको छैन ।’
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै नेतृत्वमा सरकारमा आउन पटक पटक पहल भएपनि तत्काल सरकारमा नजाने उहाँले बताउँनुभयो । करिब अढाई महिना मात्र आयु बाँकी रहेको सरकारमा मन्त्री थप्ने पक्षमा नरहेको उहाँको कथन छ । जनतालाई चित्त नबुझाएको, मधेशको माग सम्बोधन नगरेको र चुनाव घोषणा नगरेकोमा असन्तुटी जनाउँदै उहाँले आगामी गठबन्धन सरकारलाई असर पार्न सक्ने चेतावनी दिनुभयो ।
देश टुक्र्याउने र बिखण्डन गर्ने अभियान चलाउने सीके राउत पक्राऊ सकारात्मक भएको उहाँले बताउँनुभयो । देश टुक्र्याउने र बिखण्डन गर्ने कार्य कानुन बितरण रहेकाले सरकारको कार्य उचित रहेको उहाँको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका