WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bi34swbsIUMJ2ygt6MoDeXWeBPvgoO0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 20:52:18', '', 'admlnlx', 'admlnlx')
विराटनगर, माघ २१-
नेपाली कांग्रेसका महामन्त्री डा. शशाक कोइरालालेस्थानीय निकायको चुनावलाई अब कुनै शक्तिले रोक्न नसक्ने बताएका छन् ।
अधिकतम सहमतिको आधारमा चुनावका जान प्रयास हुने भन्दै उनले भने, यदि सहमति जुट्दैन भने मधेसी मोर्चालाई वाहिर राखेर भएपनि चुनावमा जानुपर्छ । चुनाव गराउन ढिला भई सक्यो ।’शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस महामन्त्री कोइरालाले मधेसी मोचाले भने जसरी संविधान संशोधन गरेर चुनाव गराउने अवस्था नरहेको बताए ।
‘दोश्रो ठुलो दल एमाले संविधान संशोधनको विपक्षमा उभिएको छ मधेसी मोर्चा संविधान संसोधनको पक्षमा छ’ उनले भने, ‘अब संविधान संसोधन भन्दा पहि चुनावमा जानु नै उत्तम विकल्प हुनेछ ।’मधेसी मोर्चा दोधारे चरित्र देखाएकाले पनि समस्याको गाँठो फुकाउन अप्ठ्यारो परेको उनले भनाइ छ ।
कांग्रेस महामन्त्री कोइरालाले सरकारको नेतृत्व गरेको माओवादी केन्द्र नै चुनावको पक्षमा नदेखिने हो कि भन्ने आशाका व्यक्त गरे । ‘यसले सरकारको आयु लम्ब्याउने माओवादीको चाल त होइन भनी आशका गर्न सकिन्छ’ उनले अघि भने ।उनले माओवादीसँगको सहमति अनुसार स्थानीय चुनावपछि सरकारको नेतृत्व कांग्रेसले गर्ने बताए ।