WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BnccVFvmUDm4RQvOc6RT7R6MJRfQM./', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 08:56:17', '', 'admlnlx', 'admlnlx')
संजय तिवारी,
कलैया,माघ १६ –
संघीय समाजवादी फोरम नेपाल निकट संघीय युवा फोरम नेपाल बारा जिल्ला कमिटी शनिबार गठन भएको छ । कलैयास्थित देवकिलाल धर्मशालामा आयोजित युवाहरुको भेलाले दिपेश कर्णको अध्यक्षतामा ५१ सदस्यीय संघीय युवा फोरम नेपाल बारा जिल्ला कमिटी गठन गरिएको हो ।
कमिटीको उपाध्यक्षमा राकेश गुप्ता, सुवेश पटेल, सचिवमा रबिजल खातुन, सह सचिवमा सुभाष यादव, कोषध्यक्षमा लखिन्द्र पासवान र सदस्यहरुमा ओम यादव, बिरजु पासवान, मेवालाल पटेल, नरेश यालव लगायतका रहेका छन् ।
फोरम नेपालका महासचिव रामसहाय यादवको विशेष उपस्थितिमा आयोजित भेलाले सो कमिटि गठन गरिएको हो । सो अवसरमा पार्टीका राजनीति समिति सदस्य तथा पूर्वसभासद् प्रमोद प्रसाद गुप्ता, केन्द्रीय सदस्यहरु रामकिशोर यादव, प्रकाश चौगाई, चुमनबाबु केवट, जिल्ला अध्यक्ष रामबाबु कुमार यादव, नेताहरु पारस प्रसाद साह, शिवनाथ पटेल, चम्पा देब, दिनेश पटेल लगायतकाले बोलेका थिए