काठमाडौँ, माघ १०-
३३ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा विमानस्थल भन्सारमा कार्यरत ना.सु. पनि प्रहरी फन्दामा परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले ना.सु. श्यामकृष्ण श्रेष्ठलाई मध्यपुर थिमीस्थित उनकै घरबाट पक्राउ गरेको हो ।
भन्सार शाखाका रेडियो टेक्निसियनका रुपमा कार्यरत श्रेष्ठ विमानबाट आएको सामान जाँच गर्ने एक्सरे मेसिन चलाउँथे ।
गत पुस २१ ग्ते दुबईबाट ठूलो मात्रामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएपछि विमानस्थल बाहिर सिआईबीले बरामद गरेको थियो ।