Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एनसेलले ल्यायो नयाँ डेटा अफर – Gaule Khabar

एनसेलले ल्यायो नयाँ डेटा अफर

एनसेलले ल्यायो नयाँ डेटा अफर

काठमाडौं, माघ ८–

देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिममा नयाँ डेटा अफर ल्याएको छ ।
यही माघ ९ गते आईतबारदेखि लागु हुने यस योजनामा एनसेलले भोल्युममा आधारित नयाँ डेटा प्याकहरुलाई मात्र पाँचवटा सरल शुल्कमा समेटेको छ । जसले ग्राहकलाई आफ्नो छनौटको डेटा प्याक लिन अझ सहज बनाएको छ । यस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब अझ आकर्षक तथा सुलभ मूल्यमा एनसेलको डेटा सेवाको मज्जा लिन सक्नेछन् ।

योजनामा ग्राहकले कुनै पनि समयमा चलाउन सकिने अल टाइम डेटा प्याक, बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयोग गर्न मिल्ने डे डेटा प्याक र बेलुका ११ देखि बिहान ५ बजेसम्म प्रयोग गर्न मिल्ने नाइट डेटा प्याक मध्येबाट कुनै पनि डेटा प्याक आफ्नो आवश्यकता अनुसार खरिद गर्न सक्छन् ।

अल टाइम डेटा प्याक चाहने ग्राहकले रु ९ मा २० एमबि, रु २० मा ५० एमबि, रु १०० मा ३०० एमबि, रु १५० मा ५०० एमबि र मात्र रु २५० मा १००० एमबि डेटा खरिद गर्न सक्नेछन् ।

डे डेटा प्याक खरिद गर्ने ग्राहकले यही मूल्यमा अल टाइम डेटा प्याक भन्दा दोब्बर डेटा भोल्युम प्राप्त गर्नेछन् भने नाइट डेटा प्याक सुचारु गर्ने ग्राहकले सोहि मूल्यमा अल टाइम डेटा प्याक भन्दा चार गुणा बढी डेटा भोल्युम पाउनेछन् ।

अर्थात् डे डेटा प्याक खरिद गर्ने ग्राहकले रु ९ मा ४० एमबि, रु २० मा १०० एमबि, रु १०० मा ६०० एमबि, रु १५० मा १००० एमबि र मात्र रु २५० मा २००० एमबि डेटा पाउने छन् । नाइट डेटा प्याक सुचारु गर्नेले रु ९ मा ८० एमबि, रु २० मा २०० एमबि, रु १०० मा १२०० एमबि, रु १५० मा २००० एमबि र मात्र रु २५० मा ४००० एमबि डेटा पाउने छन् ।

यसरी डे डेटा प्याक अन्तर्गत ग्राहकले १३ पैसा प्रति एमबि सम्मको सुलभ दरमा इन्टरनेट चलाउन सक्नेछन् भने नाइट डेटा प्याक लिने ग्राहकले मात्र ७ पैसा प्रति एमबि सम्मको न्यून दरमा इन्टरनेट सेवाको प्रयोग गर्न सक्नेछन् ।

उल्लेखित शुल्कहरु कर सहित हुन् । योजना अन्तर्गतका सबै प्याकको समयावधि ३० दिन रहेको छ । प्याकको भोल्युम चाँडै सकिएमा ग्राहकले प्याकको बाँकी समयावधि भर मात्र रु १ प्रति एमबिको ‘पे एज यू गो’ दरमा इन्टरनेट चलाउन सक्नेछन् ।

सुलभ दरमा डेटा सेवाको फाईदा लिन ग्राहकले एस्ट्रिक्स् १२३ ह्यास डायल गरेर प्राप्त जानकारी अनुसार डेटा प्याकहरु सुचारु गर्न सक्नेछन् ।

‘‘सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप हामीले डेटा शुल्कलाई परिमार्जित गर्दै र अझ सुलभ बनाउँदै यो अफर ल्याएका छौ । हामी आशा गर्दछौ, यो अफरले बढी भन्दा बढी मानिस समक्ष इन्टरनेट सेवाको पहुच पुर्याई त्यसबाट लाभ लिन मद्दत पुर्याउने छ,’’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने । ‘‘यो अफरलाई पे एज यु गो शुल्कले थप बिशेष बनाएको छ जस अन्तर्गत प्याकको भोल्युम सकिएपछि पनि ग्राहकले रु १ प्रति एमबिमा प्याकको समयावधि नसकिएसम्म इन्टरनेट चलाउन सक्नेछन् ।’’

आफ्नो आवश्यकता अनुसार ग्राहकले यी प्याकहरु जति पटक पनि लिन सक्छन् । यो अफर ९० दिन सम्म संचालनमा रहनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका