Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रत्ननगरमा पशुआहार सम्बन्धि तालिम – Gaule Khabar

रत्ननगरमा पशुआहार सम्बन्धि तालिम

रत्ननगरमा पशुआहार सम्बन्धि तालिम

चितवन, माघ ७
पूर्वीचितवनको रत्ननगरमा पशुआहार सम्बन्धि एकदिने तालिम भएको छ । व्यवसायिक पशुपालक कृषक समाज नगर समन्वय समिती रत्ननगरको आयोजनामा रत्ननगरका व्यवसायिक कृषकहरुलाई पशुआहार व्यवस्थापन तालिम प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका राष्ट्रिय चरण तथा पशु आहार केन्द्रका प्रमुख शंकर शाहले तालिममा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

तालिममा रत्ननगर क्षेत्रमा व्यवसायीक रुपमा पशुपालन गर्दै आएका ३० जना कृषकको सहभागिता रहेको व्यवसायिक पशुपालक कृषक समाज नगर समन्वय समिती रत्ननगरका अध्यक्ष किशोर बगालेले जानकारी दिए ।कृषकहरुले पशुको राम्रो आहार व्यवस्थापन गर्न नसक्दा राम्रो प्रतिफल पाउन सकेका छैनन् । पशुपालक कृषकले बिशेष गरी घास खेतीमा जोड दिनुपर्ने बगालेले बताए । कार्यक्रममा बोल्ने कृषकहरुले गुणस्तरीय घासको बिउको अभाव , घासमा देखीने विभिन्न रोग र चापकटर (घास काट्ने मेसिन ) को प्राविधिकको अभावले कृषक मारमा परेको गुनासो गरेका थिए । चापकटरमा समस्या आएको तर त्यसको मर्मत गर्ने प्राविधिक नहुँदा समस्या परेको कृषकहरुले बताए ।

सो तालिममा घाँस खेतिको व्यवस्थापन,त्यसमा लाग्ने रोग र निराकरण,दाना चोकरको उचित व्यवस्थापनको विषयमा किसानहरुलाई जानकारी गराईएको थियो ।रत्ननगर नगरपालिकाको सहयोगमा भएको तालिमको उद्घाटन सत्रमा नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सिताराम पोखरेल , व्यवसायिक पशुपालक कृषक समाज नगर समन्वय समिती रत्ननगरका उपाध्यक्ष सत्यनारायण चौधरी लगायतले मन्तव्य राखेका दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका