Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
धादिङबेँसीबाट खाल्टेतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा दुईको मृत्यु – Gaule Khabar

धादिङबेँसीबाट खाल्टेतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा दुईको मृत्यु

धादिङबेँसीबाट खाल्टेतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा दुईको मृत्यु

मलेखु (धादिङ),माघ ४ –

खचाखच यात्रु लिएर सदरमुकाम धादिङबेँसीबाट खाल्टेतर्फ जाँदै गरेको यात्रुबाहक बस सोमबार साँझ भएको दुर्घटनामा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ ।

उपचारका क्रममा पञ्चकन्या माविका शिक्षक ४५ वर्षीय माधव अधिकारी र खाल्टे निवासी पाँचवर्षीय सन्तोष जमकट्टेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो । सोमबार बेलुुका भएको दुर्घटनापछि जिल्ला अस्पतालमा उपचार हुन नसकी काठमाडौँ पठाइएकामा वीर अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।

धादिङ यातायात व्यवसायी सङ्घमा आबद्ध बा३ख ८२६३ नंको बस खाल्टेको पतेनी गाउँको फेदीमा बस दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएकामध्ये २४ जनालाई जिल्ला अस्पतालमा उपचारका लागि सदरमुकाम ल्याइएकामा १६ घाइतेलाई थप उपचारका लागि काठमाडौँ वीर अस्पतालको ट्रमा सेन्टरमा पठाइएको थियो । सामान्य घाइते १० जनाको खाल्टेमै स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।

घटनास्थल सदरमुकामबाट पूर्वतर्फ रहेको १५ किमीको दूरीमा साँघुरो कच्ची सडक भएको ठाउँमा पर्छ । घुम्ती सडक, पुरानो गाडी र रातिको समयमा क्षमताभन्दा धेरै यात्रु राख्नाले दुर्घटना भएको बताइएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका