Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
घरेलु तथा साना उद्योग महासंघको वैठकद्वारा ७ बुँदे घोषणा पत्रजारी – Gaule Khabar

घरेलु तथा साना उद्योग महासंघको वैठकद्वारा ७ बुँदे घोषणा पत्रजारी

घरेलु तथा साना उद्योग महासंघको वैठकद्वारा ७ बुँदे घोषणा पत्रजारी

नवलपरासी,माघ १-

नेपाल घरेलु तथा साना उद्योग महासंघको नवलपरासीको अमलटारीमा बसेको वैठकले ७ बुदे अमलटारी घोषणा पत्र जारी गरेको छ ।बुधबार र विहीबार गरी नेपाल घरेलु तथा साना उद्योग महासंघको केन्द्रिय वैठक नवलपरासीको अमलटारीमा बसेको थियो ।वैठकले जारी गरेको घोषणा पत्र शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

महासंघका केन्द्रिय अध्यक्ष श्यामप्रसाद गिरीले घोषणा पत्र जारी गर्दै गत बर्षको भुकम्प र नाकाबन्दीले मुलुकभरमा रहेको झण्डै ३ लाख लघु घरेलु तथा साना उद्योगहरु कठिन परिस्थितिमा गुज्रिरहेको बताउनुभयो ।

घोषणा पत्रमा सरकारद्वारा जारी पुनरउद्दार कर्जा कोष कार्यविधि अनुसार भुकम्प र नाकावन्दी पीडित उद्योगीहरुलाई उनीहरुको माग र उद्योगको क्षमता अनुसार पुनरकर्जाको व्यवस्थाका व्यवस्था गर्न सरकार संग आग्रह गरेको छ ।

त्यस्तै महिला उद्यमशिलता विकास कोषबाट दिने गरिएको सहुलियतपूर्ण कर्जाको ५ लाखसम्मको सिमालाई तत्काल कार्यान्वयन गर्नु पर्ने, नयां प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्न २०७४ सालको वैठकमा प्रविधि प्रदर्शनीको आयोजना गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै स्वदेशी वस्तको उपयोगलाई बढवा दिदै आत्मनिर्भरतातर्फको अभियानलाई अगाडि बढाउन सरकारद्वारा जारी सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धि निर्देशिका कडाईका साथ लागू गराउन सरकारसंग माग गर्दै ७५ वटै जिल्लामा अभियान चलाउने निर्णय समेत गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका