हेटौंडा, पुस २५–
नयाँ शक्ति पार्टी नेपाल मकवानपुरको ‘घरघरमा नयाँ शक्ति’ अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम सुरु भएको छ । संगठन विस्तार, सदस्यता वितरण तथा हस्ताक्षर अभियान सोमबार मनहरी गाउँपालिकाबाट सुरु भएको हो ।
मनहरी गाउँपालिकाको रजैया केन्द्रमा भएको कार्यक्रमले १५ सदस्यीय गाउँपालिकास्तरीय कमिटी गठन गरेको छ । गाउँपालिकास्तरीय बैठकले प्रकाश मैनालीको संयोजकत्वमा अभियान कमिटी गठन गरेको हो । जसको सहसंयोजकमा निखिल पौडेल, मानबहादुर स्याङ्तान, गोपिलाल विक र तिर्थराज सुबेदी रहेका छन् । गाउँपालिकाको ९ वटा वडामासमेत संयोजकहरु तोकिएको छ । गाउँपालिकास्तरीय बैठकले १ नम्बर वडामा चन्द्रबहादुर मोक्तानलाई अभियान संयोजकको जिम्मेवारी दिइएको छ भने २ नम्बर वडामा नवराज गौतम, ३ मा सूर्य बहादुर गोले ४ नम्बरमा शिशुपाल बस्नेत र ५ नम्बर वडामा माधव सापकोटालाई जिम्मेवारी तोेकिएको छ । त्यसैगरी ६ नम्बर वडामा गोपिलाल विश्वकर्मा ७ नम्बर वडामा विकेन्द्र गोले ८ मा अनन्त सुबेदी र ९ नम्बर वडामा सानुमाया प्रजालाई संयोजक तोकिएको छ ।
सोमबार नै मनहरी गाउँपालिकास्तरीय राष्ट्रिय युवा अभियानको कमिटीसमेत गठन गरिएको छ । इमानसिं मोक्तानको अध्यक्षतामा ३९ सदस्यीय कमिटी निर्माण गरिएको हो । जसको उपाध्यक्षमा जीवन जिम्बा र अविनाश घलान रहेका छन् । त्यस्तै सचिवमा निरन्जन उप्रेतीलाई जिम्मेवारी दिइएको छ भने सहसचिवमा हर्कमान वाइबा चयन भएका छन् । अभियानको सदस्यहरुमा गुणराज विक, सुनिल थापा, प्रकाश राई, सुरेश गोले शुक्रराज गोपालीलगायत रहेका छन् । प्रकाश मैनालीको संयोजकत्वमा भएको बैठकमा पार्टीका ३ नम्बर प्रदेश सहसंयोजक सोनामसिं स्याङ्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा घरघरमा नयाँ शक्ति अभियान मकवानपुरका संयोजक विवेक वाइबा, मनहरी गाउँपालिका उत्प्रेरक अम्बर बहादुर लामा, कैलाश गाउँपालिका उत्प्रेरक टंक हिमडुङ, युवा अभियानका ३ नम्बर प्रदेश सहसंयोजक तुफान विक्रम क्षेत्री, शिक्षक समाजका केन्द्रीय सदस्य प्रमोद अधिकारी, उत्पादन तथा स्वरोजगार जिल्ला समितिका संयोजक राजन मैनाली, दलित तथा अल्पसंख्यक विभागका प्रमुख लिलाराज सुनारलगायतको आतिथ्यता रहेको थियो ।