Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सातौं राष्ट्रिय खेलकुद आजदेखि : ३० खेल, १ हजार पदक, ४ हजार खेलाडी – Gaule Khabar

सातौं राष्ट्रिय खेलकुद आजदेखि : ३० खेल, १ हजार पदक, ४ हजार खेलाडी

सातौं राष्ट्रिय खेलकुद आजदेखि : ३० खेल, १ हजार पदक, ४ हजार खेलाडी

विराटनगर, पुस ८ –

सातौँ राष्ट्रिय खेलकुद शुक्रबारदेखि पूर्वाञ्चलमा सुरु हुँदैछ । एक हप्तासम्म हुने प्रतियोगितामा विभिन्न ३५ खेलमा २९४ स्वर्ण, २९४ रजत र ४४७ कास्य गरी एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ । पदका लागि तीन हजार ९७२ जना खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले प्रतिभावान खेलाडीको खोजीमा सातौ राष्ट्रिय खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सन् २०१९ मा नेपालमा हुने सार्क खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी छनौट गर्नमा पनि यो प्रतियोगिता उपयोगी हुने बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको विराटनगरको सहिद रङ्गशालामा एक भव्य समारोहबिच उद्घाटन गर्नुहुने कार्यक्रम छ ।प्रतियोगितामा सहभागी हुन खेलाडी र प्रशिक्षकलगायत विराटनगर आउनेक्रम जारी रहेको र सबै तयारी पूरा भइसकेको आयोजक समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका