Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘मन्त्रालयबीच समन्वय नहँुदा लैङ्गिक विभेद’ – Gaule Khabar

‘मन्त्रालयबीच समन्वय नहँुदा लैङ्गिक विभेद’

‘मन्त्रालयबीच समन्वय नहँुदा लैङ्गिक विभेद’

काठमाडौँ, मंसिर १९– शिक्षामन्त्री धनीराम पौडेलले मन्त्रालयबीच समन्वय नहुँदा शिक्षामा लैङ्गिक विभेद देखिएको बताउनुभएको छ ।

शिक्षा विभागले आयोजना गरेको ‘छात्रा शिक्षा तथा लैङ्गिक समता’को दुईदिने राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै शिक्षामन्त्री पौडेलले लैङ्गिक समताका लागि मन्त्रालयबीच एकापसमा समन्वय हुनुपर्नेमा जोड दिनुभयो । अब छात्रामैत्री विद्यालयको वातारण बनाउनुपर्ने धारणा उहाँले राख्नुभयो ।

‘‘एसएलसीसम्म छात्राको सङ्ख्या पनि छात्रको तुलनामा छ’’उहाँले भन्नुभयो–‘‘तर उच्च शिक्षामा छैन । उच्च शिक्षामा पनि छात्राको सङ्ख्या बढाउन आवश्यक छ ।’’

कार्यक्रममा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले विभिन्न मन्त्रालयबाट हुने छात्रा तथा लैङ्गिक समतासम्बन्धी कार्यमा सहकार्य र समन्वयको विकास गर्न सम्मेलन गरिएको जानकारी दिनुभयो ।
सम्मेलनमा शिक्षा, स्वास्थ्य, महिला, बालबालिका तथा समाजकल्याण, युवा तथा खेलकुद र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका एक सय ६० कर्मचारीको सहभागिता छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका