आदिवासी जनजाती महिला महासंघ (फिवना) अमेरीकाको बनभोज सम्पन्न

आदिवासी जनजाती महिला महासंघ (फिवना) अमेरीकाको बनभोज सम्पन्न

न्युयोर्क । आदिवासी जनजाति महिला महासॅघ अमेरिका (फिवना) को बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार न्यूयोर्कको क्विनस ब्रिज पार्कमा बनभोज विविन्न मनोरञ्जनातमक कार्यक्रमका साथ सम्पन्न भएको हो ।

न्यूयोर्कमा रहेका बिभिन्न नेपाली सॅघ सॅस्थाहरूका प्रमुख र प्रतिनिधीहरूको सहभागितामा सम्पन्न उक्त कार्यक्रम हरेक बर्ष नेपालीहरूबीचको भेटघाट, मनोरञ्जन लगायत नेपाली सॅस्कार , सॅस्कृति र नेपाली भाषालाई अमेरिकामै जन्मिएका नयॅा सन्नततिहरूमा हस्ताण्तरण गर्ने उदेश्यले आयोजना गर्ने गरेको सस्थाका अध्यक्ष इन्दिरा चोङबाङले बताए ।
फिवना अमेरिकामा रहेका नेपाली आदिवासी महिलाहरूको सॅस्था भएपनि सम्पूर्ण आप्रबासी नेपाली महिलाहरू र नेपाली समुदायलाई नै अघि बढाउने उद्धेश्यले बिभिन्न गतिबिधीहरू सॅचालन गर्दै आएकोपनि अध्यक्ष चोङबाङले बताए ।

कार्यक्रमले मनोरञ्जनमात्र प्रदान नगेरर फिवनाको दिगो बिकासकोलागि पनि टेवा पुर्‍याको अध्यक्षले बताए ।

कार्यक्रममा सहभागिहरुले नेपालका आदिवासी महिलाहरूले बनाएका मिठा-मिठा परिकार र बारबिक्यूका साथमा नेपाली भाकाका कम्मर मर्काई-मर्काई नाचेर रमाइलो गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका