जसपाका नेताहरुले सभामुखलाई भेटे, संसद बैठक बोलाउन आग्रह

जसपाका नेताहरुले सभामुखलाई भेटे, संसद बैठक बोलाउन आग्रह

काठमाण्डौ । जनता समाजवादी पार्टीका नेताहरुले सभामुख अग्नि प्रसाद सापकोटासग भेट गरी प्रतिनिधिसभाको बैठक बोलाउन आग्रह गरेका छन । पूर्वप्रधानमन्त्री तथा पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुले सभामुख सापकोटालाई भेटेका हुन ।

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जीवितै रहेको निष्कर्षसहित सभामुख सापकोटालाई बैठक आह्वान गर्न आग्रह गरेको जसपाका सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि जसपाले देशव्यापी आन्दोलन घोषणा गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका