माप्य दुधकोशीद्वारा आफ्ना नागरिकको उद्धार

लकडानका कारण काठमाणडौंमा समस्यामा परेका नागरिकलाई उद्धार

माप्य दुधकोशीद्वारा आफ्ना नागरिकको उद्धार

 

सोलुखुम्बु – माप्य दुधकोशी गाउँपालिकाले लकडानका कारण काठमाडौंमा समस्यामा परेका आफ्ना ६ सय बढि नागरिकलाई उद्धार गरेको छ ।

माप्यदुधेकोशी घर भई अध्ययन तथा विभिन्न कामको शिलशिलामा काठमाडौंमा बस्दै आएका नागरिकलाई पालिकाको खर्चमा उद्धार गरिएको हो । अति समस्यामा परेकालाई बस र जीप मार्फत गाउँ पुर्‍याईएको पालिकाका अध्यक्ष बुद्धिकिरण राईले बताएका छन् । उद्धारपछि नागरिकले राहात महशुस गरेको अध्यक्ष राईको दाबी छ ।

उद्धारको काम सकेपछि राहत वितरण गर्ने अध्यक्ष राईले बताए । पालिका प्रवेश स्थलमा हेल्थ डेस्क खडा गरी स्वास्थ्य परीक्षण गरिएको र होम क्‌वारेन्टाइनमा अनिवार्य बस्नु पर्ने नियम बनाइएको छ । साथै गाउँपालिका प्रवेश गरेका सबै नागरिक होम क्‌वारेण्टीनमा बस्ने गरी सूचना संप्रेषण गरिरहेको पनि प्रमुख प्रशासकीय अधिकृत दिनेश राईले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका