महिला बालबालिका माथि हुने अपराधको न्यूनीकरण वियषमा प्रशिक्षण सञ्चालन

महिला बालबालिका माथि हुने अपराधको न्यूनीकरण वियषमा प्रशिक्षण सञ्चालन

सोलुखुम्बु, १७ मंसिर । लैगिक हिंंसा बिरुद्धको १६ दिने अभियानको सातौ दिन माप्य दुधकोशी गाउँपालिका र जिल्ला प्रहरि कार्यलय सोलुखुम्बुको संयुक्त आयोजनामा माप्य दुधकोशी गाउँपालिका वडा नं. ३ र ४ मा “सामाजिक अपराध बिरुद्धको अभियान महिला बालबालिका माथि अपराध न्यूनीकरण” कार्यक्रम सम्पन्न गरेको छ ।

माप्य दुधकोशी गाउँपालिकाले मंसिर १६ गते आईतवार,  वडा नंं. ४ भेडाचौर मा.वि.काकुमा कक्षा ९ र १० का विद्यार्थीलाई १० बजे देखि १२ बजे, वडा नं. ३ हिमालय मा.वि. खास्ताबका ५–१० कक्षा सम्मका विद्यार्थीलाई १ बजे देखि ३ बजे सम्म गाउँपालिकाको समिक्षालयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षता तथा प्रहरी नायव उपरिक्षक शालिकराम शर्माको प्रमुख अतिथि र माप्य दुधकोशी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माको बिशेष अतिथिमा सञ्चालन भएको थियो । कार्यक्रमा प्रमुख अतिथि शर्माले “सामाजिक अपराध बिरुद्धको अभियान महिला बालबालिका माथि अपराध न्यूनीकरण” को विषयमा प्रशिक्षण दिनुभयो ।

मंसिर मसान्त सम्म माप्य दुधकोशी गाउँपालिकामा रहेका सबै मा.वि.मा यस्ता कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको गाउँपालिका योजना शाखा प्रमुख पशुपति पोखरेले जानकिारी दिनुभयो ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका