चिट्ठा पर्‍यो भन्दै ठगी गर्ने गिरोहसँग पत्रकार परिचयपत्र !

चिट्ठा पर्‍यो भन्दै ठगी गर्ने गिरोहसँग पत्रकार परिचयपत्र !

३० कात्तिक, भारतबाट सामाजिक सञ्जाल भाइबर, ह्वाट्सएपमार्फत् चिट्ठा पर्‍यो भन्दै नेपाली नागरिकलाई ठगी गर्ने गिरोहका सदस्यसँग पत्रकार परिचयपत्र भेटिएको छ ।

सामाजिक सञ्जालमार्फत् २० भन्दा बढी नेपाली नागरिकलाई चिट्ठा पर्‍यो भन्दै १६ लाख ५७ हजार रुपैयाँ ठगी गर्ने गिरोहका सदस्यको साथबाट पत्रकार परिच पत्र भेटिएको हो ।
चिट्ठाका नाममा ठगिएको गुनासो आएपछि प्रहरीले ठगी गर्ने गिरोहमा संलग्न ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीनजना भारतीय छन् । पक्राउ परेका भारतीय नागरिक चन्दनकुमार भगतको साथबाट पत्रकार परिचयपत्र भेटिएको प्रहरीले जनाएको छ ।
भगतको साथबाट न्यूज क्राइम २४ डटकमबाट जारी भएको परिचयपत्र बरामद भएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ष्ठले जानकारी दिए । न्यूज क्राइम बिहारबाट सञ्चालित अनलाइन हो । पत्रकार परिचयपत्र बनाए पनि उनी पत्रकारितामा सक्रिय नरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सामाजिक सञ्जालमार्फत् सम्पर्क गरी चिट्ठा पर्याे भन्दै ठगी गरेको आरोपमा प्रहरीले भारत बिहार अररिया जिल्लाको फारबेसगन्जका २३ वर्षीय भगतसहित, २५ वर्षीय मनोजकुमार ठाकुर र २८ वर्षीय पकजकुमार साहलाई पक्रेको हो । उनीहरुलाई सहयोग गरेको आरोपमा मोरङको कटहरी गाउँपालिका ४ का २० वर्षीय खगेन्द्रप्रसाद रौनियार, २२ वर्षीय प्रेमकुमार साह, २५ वर्षका रमेशकुमार साह र जहदा गाउँपालिका ७ का २० वर्षीय टुनटुन साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतमा बसेर भगतसहितको समूहले चिट्ठा पर्याे भन्दै सम्पर्क गरी २५ हजारदेखि ७५ हजार रुपैयाँसम्म् ठगी गर्ने गरेको थियो । पक्राउ परेका नेपाली युवाले भने कर प्रयोजनका लागि भन्दै गिरोहले मगाएको पैसा बुझेर भारत पुर्‍याउने भरियाको काम गर्दै आएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

‘भारतमा बसेर चिट्ठा पर्‍यो भन्दै ठगी गर्नेहरुले चिट्ठाबापतको रकम प्राप्त गर्न कर प्रयोजनका लागि भन्दै पहिले पैसा पठाउन लगाउँथे’, मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले भने ‘भारतबाट गिरोह चलाएकाले पक्राउ परेका नेपाली युवालाई रकम बुझ्न लगाउथे ।’

श्रेष्ठका अनुसार, मनिट्रान्फर एजेन्सीमार्फत् रकम पठाएवापत नेपाली युवाले १ हजारदेखि २ हजार रुपैयाँसम्म बुझ्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

ठगिएकाको उजुरीका आधारमा अनुसन्धान थालेको प्रहरीले पाँच भारतीयसहित ९ जनालाई पक्राउ गरेको थियो । तर, दुई भारतीय नागरिकको संलग्नता नदेखिएपछि तीन भारतीयसहित ७ जनाविरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

source:onlinekhabar

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका