ओझेलमा परेको रलिङ गुम्बा

ओझेलमा परेको रलिङ गुम्बा

कचहरी डट कम, हुम्ला ।।

स्थानीय भोटे भाषामा रलिङको शाब्दिक अर्थ उच्चहिंमश्रृङ्गखलाहरुको खोेँचमा रहेको तातो अर्थात् पारिलो ठाउँ हुन्छ । गुम्बा रहेको ठाउँ करिब १९,५०० फिटको उचाईमा रहेको छ भने यसको चुचुरो करिब २३००० फिटको उचाईमा अवस्थित छ । पौराणिककालमा शिवस्वरुप लामायोगीले रलिङलाई कैलास र खार्पृनाथलाई मानसरोवर बनाउने तयार गरिरहेको समयमा तपस्यामा लिन योगीको ध्यान उच्चहिंमश्रृङ्गखलाको टुप्पोमा बसेर ध्यान भंग गर्दा कैलास पर्वततिर हिंंडेका जनश्रुति रहेको छ ।

खश साम्राज्यका प्रतापी राजा अशोक चल्लको शासनकालमा राज्यमा धेरै प्रकारका गतिविधिहरुको विकास र विस्तार भएको थियो । यसको एउटा उदाहरण हो हुम्लाको सरदमुकाम अर्थात् रलिङनाथमा यो गुम्वा मात्र नभएर एक मन्दिर पनि हो । यो खश शासकहरुको एक स्मृति गराउने दुलर्भ ऐतिहासिक स्थल पनि हो । कालान्तरमा यो धार्मिकस्थल मात्र नभएर शैक्षिकस्थलका रुपमा विकास भएको थियो भन्ने प्रमाण नै वि.सं. १३१२ पाइएको नेपाली भाषाको दोस्रो शुद्ध लेखोट अर्थात् ताम्रपत्र हो । यो ताम्रपत्र आजभन्दा ७५५ वर्ष पुरानो मानिएको छ । यहाँ अनेकौं प्रकारका बोन, बौद्ध तथा हिन्दु धर्मसँग सम्बन्धीत मुर्तीहरु रहेका छन् भने केहि भने चोरी भई सकेकाछन् । हाल यो हुम्लाको ठेहे गाविसमा पर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका