रोल्पा, फागुन ५ –
विप्लव नेतृत्वको नेकपा माओवादीको आठौं महाधिवेशनको बन्द सत्र रोल्पाको थबाङमा सुरु भएको छ ।
बिहीबार दिउँसो २ बजेदेखि सुरु भएको बन्द सत्रमा पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव, पोलिटब्यूरो सदस्यहरु, केन्द्रीय सदस्यहरु लगायत देशभरबाट ८ सय प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
बन्द सत्र सुरु हुनुभन्दा अघि पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकान्त’ले बिहीबार विदेशस्थित विभिन्न ठाउँबाट आएका सुभेच्छुक संघ/संगठनका प्रतिनिधिहरुको शुभकामना मन्तव्यको कार्यक्रम हुने त्यसपछि महासचिव नेत्र विक्रम चन्द विप्लवको राजनीतिक प्रतिवेदन प्रस्तुत हुने जानकारी दिनुभएको छ ।
यस्तै शुक्रबार महासचिवको प्रतिवेदनमाथि टिप्पणी तथा पार्टीको नयाँ विधानका लागि समूह विभाजन गर्ने, शनिबार विधानमाथि छलफल तथा पारित हुने, यसैगरी पार्टीको नयाँ नेतृत्व चयन गरी १० गते महाधिवेशन सक्ने प्रकान्तले जानकारी दिनुभयो ।