Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
आर्सनलसँग बार्यन म्युनिख ५-१ ले विजयी, रियल मड्रिडद्वारा नापोली पराजित – Gaule Khabar

आर्सनलसँग बार्यन म्युनिख ५-१ ले विजयी, रियल मड्रिडद्वारा नापोली पराजित

आर्सनलसँग बार्यन म्युनिख ५-१ ले विजयी, रियल मड्रिडद्वारा नापोली पराजित

काठमाडौं, फागुन ५ –

च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत बुधबार राती भएका खेलमा बार्यन म्युनिख र रियल मड्रिड विजयी भएका छन् ।

जर्मनीको बुन्डेज लिग च्याम्पियन वार्यन म्युनिखले इङ्लिस प्रिमियर लिगको टोली आर्सनललाई ५–१ को विशालअन्तरले पराजित गर्‍यो ।

प्रि क्वाटरफाइनलअन्तर्गत घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा बार्यनलाई रवाफिलो जित दिलाउने क्रममा थियागो अल्कान्टाराले २ गोल गर्दा आरेन रोबेन, रोबर्ट लेवान्डोस्की र थोमस मुलरले १–१ गोल गरे ।

बार्यनसँग लज्जास्पद पराजय भोगेसँगै आर्सनलको च्याम्पियन्स लिग यात्रा लगभग समाप्त भएको छ ।

प्रतियोगिताअन्तर्गत भएको प्रि क्वाटरफाइनलको पहिलो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिडले इटालीको नापोलीलाई ३–१ ले पराजित गर्‍यो ।

खेलमा १–० ले पछि परेको रियल मड्रिडका लागी करिम बेन्जेमा, टोनी क्रुस र क्यासेमिरोले १–१ गोल गर्दै जित दिलाएका हुन् ।

घरेलु मैदानमा प्राप्त सहज जितसँगै रियल मड्रिडले क्वाटरफाइनल प्रवेशको सम्भावना बलियो पारेको छ ।

प्रतियोगिताअन्तर्गत आज राती जर्मनीको बायर लिभेरकुजेन र स्पेनको एथ्लेटिको मड्रिड तथा इङ्ल्यान्डको म्यानचेष्टर सिटी र फ्रान्सको मोनाको भिड्ने छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका