चितवन, माघ २९–
लायन्स क्लव अफ रत्ननगर पिसले अपाङ्गता भएका व्यक्तीलाई शनिवार ह्वील चियर वितरण गरेको छ । रत्ननगरको सौराहाचोकमा एक कार्यक्रमको आयोजना गरी लायन्स क्लवले जिल्लाका विभिन्न स्थानमा रहेका १२ जना अपाङ्गता भएका व्यक्तीलाई एक एक वटा ह्वील चियर वितरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लव डिष्ट्रिक ३२५ वि टुका पुर्व गर्भनर राजकुमार श्रेष्ठले उनीहरुलाई ह्वील चियर वितरण गरे । ह्वील चियर वितरणका लागी गत वर्षको माघमा लायन्स क्लव अफ रत्ननगर पिस र नेपाल इन्द्रेणी समुह वहराईनको सयुक्त आयोजनामा सास्कृतिक कार्यक्रम गरिएको थियो । सोही कार्यक्रमबाट संकलन भएको रकमले खरिद गरि ह्वील चियर वितरण गरिएको लायन्स क्लवका डिष्ट्रिक को चिफ निरज श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा दिपवहादुर गुरुङ,टिका वहादुर तामाङ,बरण मर्दनिया,भुपाल सेमी मगर,काशीमाया तामाङ,धनकुमार तामाङ,महमद मियाँ,तारा वहादुर परियार,कलावती लामिछाने,सुमित्रा विक र सिता वस्नेतलाई ह्वील चियर वितरण गरिएको थियो । लायन्स क्लव अफ रत्ननगर पिसका अध्यक्ष कृष्णलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव डिष्ट्रिक ३२५ का कोषाध्यक्ष हरिप्रसाद घिमिरे,रत्ननगर उद्योग वाणिज्य सघका अध्यक्ष ज्ञानवहादुर विसुराल,अपाङ्ग जागरण अभियान चितवनकी सचिव सरस्वती कतिला,क्लवका सचिव प्रकास दवाडी लगायतले मन्तव्य राखेका थिए ।